काठमाडौं । सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेकपा (एकीकृत समाजवादी)ले आर्थिक समस्यालाई समेटेर एक ज्ञापन पत्र पेश गरेको छ । उक्त पार्टीका अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरुको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटी देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन एकीकृत समाजवादीले आग्रह गरेको हो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले समाधान गर्न सकिने विषय उठाएको भन्दै त्यसका लागि छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्री प्रचण्डसमक्ष एकीकृत समाजवादीद्वारा ज्ञापनपत्र पेश

k|d k|r08;Fu 5nkmn ub}{ k|ltkIf bnsf g]tf g]kfn
sf7df8f}F, !& df3 M b]zsf] cfly{snufot ;d;fdlos cj:yfaf/] k|wfgdGqL k'iksdn bfxfn k|r08;dIf 1fkgkq a'emfPkl5 5nkmn ub}{ k|ltkIfL bnsf g]skf -PsLs[t ;dfhjfbL_sf cWoIf dfwjs'df/ g]kfnnufot . tl:a/ M k|bLks'df/ jGt÷/f;;