प्रधानमन्त्री–संयुक्त राष्ट्र संघीय आवासीय संयोजकबीच भेट

भदौ १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा युएनडिपीका आवासीय प्रतिनिधि भलेरिया जुलिएण्डबीच भेटबार्ता भएको छ ।
सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा जुलिएण्डले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्याकाल सफलताको शुभकामना दिनुभयो । भेटमा जुलिएण्डले समसामयिक राजनीति र सरकारका योजनाबारे चासो राख्नुभएको थियो ।
जवाफमा प्रधानमन्त्रीले बधाई दिएकोमा हार्दिक धन्यवाद दिँदै नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगको प्रशंसा गर्नुभयो । प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र नवनिर्माण, सुशासन र राहत, ठूला प्रोजेक्टहरुको सञ्चालन र समृद्धिको जग बसाल्न नयाँ सरकार क्रियाशील भएको जुलिएण्डलाई जानकारी दिनुभएको थियो ।

By