विश्व मानव जातिलाई नेतृत्व प्रदान गर्ने नयाँ कम्युनिस्ट घोषणापत्र जरुरी अध्यक्ष क. प्रचण्ड

काठमाडौं, असार २६ । अध्यक्ष क. प्रचण्डले नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनहरुको राष्ट्रिय एकता भेलाको उद्घाटन गर्दै पूर्ण सफलताको शुभकामनाका साथमा राम्रो नीति, कार्ययोजना पारित गरेर नयाँ सक्षम, सवल नेतृत्व चयन गर्न सफल हुनुहुनेमा विश्वस्त रहेको बताउनु भयो ।
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन नयाँ विकासको क्रममबाट अगाडि बढेको र त्यसै क्रममा हामीले भरखरै पार्टी एकता गरेको बताउनु भयो । साथै पार्टीले अब नयाँ विचार संश्लेषण गरेर अगाडि बढ्ने र २१ औं शताब्दीको विज्ञान, प्रविधी, चेतना सबैलाई संबोधन गर्ने गरी नेतृत्व दिने नयाँ विचारको संश्लेषण जरुरी रहेको बताउनु भयो । उहाँले विश्व कम्युनिष्ट आन्दोलनलाई नै झकझकाउने गरी विश्व मानव जातिलाई नेतृत्व प्रदान गर्ने नयाँ कम्युनिस्ट घोषणापत्र जरुरी भएको बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले सम्बोधनको क्रममा विश्व साम्राज्यवादले नवउदारवादको हावा फैलाएको र यसको विरुद्धमा हाम्रो पार्टी नयाँ मिशनमा रहेको बताउनु भयो । यो मिशन पुरा गर्नको लागि हाम्रो पार्टी नयाँ वैचारिक बहसमा समेत रहेको बताउनुभयो ।
अध्यक्ष क. प्रचण्डले उत्पीडित वर्गलाई आत्मकेन्द्रित व्यक्तिवादको सहारामा नै विश्व साम्राज्यवादले एकजुट हुनबाट रोक्दै आएको छ । यो प्रवृत्ति भनेको सामुहिकतालाई अस्विाकार गर्ने प्रवृति रहेको बताउनु भयो । उहाँले उत्पीडित जनता मुक्तिको निम्ति अगाडि बढिरहेको पार्टी र पार्टी नेतृत्वप्रतिको प्रहारको विरुद्ध बुद्धिजीविहरुरूले बौद्धिक जेहाद छेड्नु पर्ने बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले क्रान्तिकारीहरू जसले गल्ति स्वीकार्न सफल भए ती एकतामा आएका छन् भने गल्ती स्वीकार्न नसक्नेहरू केही एकतामा आउन नसकेको, केही भागेर बुर्जुवासँग पुगेको बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले माओवादी आन्दोलन एउटा स्कुल र दर्शन हो । पुष्पलाल, माले र चौमा बीचमा चलेको संघर्षको बीचमा विकास भएको नयाँ स्कुलको हो र यो मओवादी स्कुलबारे नयाँ ढंगले संश्लेषण गर्नुपर्ने बताउनु भयो । पार्टी एकता, संसदमा जानु, फेरी युद्ध गर्नु, युद्धपछि शान्ति प्रक्रियामा आउनु साथै पार्टी एकता, फेरि फुट, फेरि एकता संगठनात्मक र संघर्ष दुवै हिसाबले हामीले निक्कै भिन्न तरिकाले विकास गर्दै आएको नयाँ स्कुल रहेको बतानउु भयो । यो नयाँ स्कुलको नेतृत्व गर्ने अवसर मलाई नै इतिहासले दियो र यो स्कुलको विकास विगत ३० वर्षदेखि हुँदै आएको छ तथा यस्तो विश्वमा विरलै मात्र देखिने बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले बुद्धिजीवी संगठनले वैचारिक रुपमा पार्टीलाई समृद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्ने र अब बन्ने नयाँ बुद्धिजीवी संगठनको नेतृत्व वैचारिक र नितिगत रुपमा पार्टीलाई सल्लाह, सहयोग गर्ने सशक्त बौद्धिक टिम बनाउन सक्षम हुनेमा आपूm विश्वस्त रहेको बताउनु भयो ।

IMG_7314IMG_7269

By