‘यो संविधान समावेशी र समानुपातिकता सहितको विश्वकै उच्चतम संविधान हो ’

dang_RAJ_confarance
दाङ, २६ पुस । अध्यक्ष प्रचण्डले क्रान्तिकारी पत्रकार संघ, दाङको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा अध्यक्षले वर्तमान संविधान समावेशी र समानुपातिकता सहितको विश्वकै उच्चतम संविधान भएको बताउनु भयो । अध्यक्षले भन्नुभयो, ‘यो संविधान कार्यान्वयनको क्रममा पत्रकारिता जगतले जनतामा सहि सूचना संप्रेशण गर्ने र राष्ट्रिय एकता कायम गर्ने काममा दृढतापूर्वक लाग्नुहुनेछ ।

चुनौतिको सामना गर्न राष्ट्रिय एकता र राष्ट्रिय संकल्पबाट मात्र संभव छ । केही दिनभित्र मधेश आन्दोलनको समस्या हल हुन्छ । राष्ट्रको शिर नझुक्ने गरी समाधान हुन्छ । यो संघले राष्ट्रको चुनौति सामना गर्ने क्रममा अग्रणी भूमिका खेलोस् ।’ उहाँले अगाडि भन्नुभयो, ‘ हामीले परिवर्तनसहितको जनताको संविधान घोषणा गर्यों । घोषणासँगै संविधानको कार्यान्वयनमा प्रतिकुलताका चुनौतिहरु सामना गर्न परिरहेको छ । संविधानले नै भनेको छ कि यो गतिशील संविधान हो ।’

संविधान कार्यान्वयन र अग्रगमका लागि हाम्रो अभियान ! प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको पक्षमा तेस्रो जिल्ला सम्मेलन !! भन्ने नाराका साथ सुरु भएको क्रान्तिकारी पत्रकार संघ, दाङको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन अध्यक्ष प्रचण्डले पानसमा बत्ति बालेर गर्नुभएको थियो ।

अध्यक्षले मोफसलमा भएका पत्रकारितामा दाङ जिल्लाको पत्रकारिता महत्वपूर्ण भएको बताउँदै आगामि दिनमा पनि आफ्नो ऐतिहासिक भूमिका निर्वाह गरिरहोस् भन्ने शुभकामना दिनुभयो । उहाँले भन्नुभयो,‘ यो संविधान कार्यान्वयनको क्रममा पत्रकारिता जगतले जनतामा सहि सूचना संप्रेशण गर्ने र राष्ट्रिय एकता कायम गर्ने काममा दृढतापूर्वक लाग्नुहुनेछ । चुनौतिको सामना गर्न राष्ट्रिय एकता र राष्ट्रिय संकल्पबाट मात्र संभव छ । केही दिनभित्र मधेश आन्दोलनको समस्या हल हुन्छ । राष्ट्रको शिर नझुक्ने गरी समाधान हुन्छ । यो संघले राष्ट्रको चुनौति सामना गर्ने क्रममा अग्रणी भूमिका खेलोस् ।’

By