हृदयेश त्रिपाठीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं, १३ माघ । तराई–मधेस लोकतान्त्रिक पार्टीमा सह–अध्यक्ष हृदयेश त्रिपाठीले अध्यक्ष प्रचण्डसँग आज अपरान्ह भेट गर्नुभएको छ । अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटमा नाकाबन्दी र मधेश आन्दोलनका बिषयमा छलफल भएको थियो ।

छलफलका क्रममा महन्त ठाकुर स्वदेश फर्किएपछि राजनीतिक समिति बनाएर सिमांकनका बिषयमा टुंगोमा पुगिने कुराकानी भयो । अध्यक्षले मोर्चालाई चाँडोभन्दा चाँडो आन्दोलन टुंग्याएर नाका सहज बनाउन आग्रह गर्नुभएको थियो ।

By