नेपालमा संविधान नभएको हुनाले संविधानसभाको निर्वाचन भएको होइन । उत्पीडन, असमानता भएको हुनाले संविधानमा आमजनताका सबै तहर तप्काका जनताले स्वामित्व ग्रहण गर्न संविधानसभा चाहिएको हो । यी कुरालाई सम्बोधन नगरे संविधान बने पनि लागू हुन सक्दैन ।
नेपाली समाजका विद्यमान असमानता, विभेद र उत्पीडनलाई सम्बोधन नगरी एकात्मक परम्परागत ढंगले संविधानबनाइए नेपाली समाज शान्ति, स्थीरता र अग्रगमन र आर्थिक समृद्धितिर जान्छ त ? विल्कुल जाँदैन ।
हामी कुरा उठाउनु पर्नाको कारण फेरि फर्केर विद्रोहर युद्धमा जान्छौं भन्ने तिर सम्बन्धित छैन कि बरु यति ठूलो क्रान्ति र विद्रोह र आन्दोलन पछि आएको संविधान सभाबाट बनेको संविधानले पनि त्यसलाई सम्बोधन नगर्ने र फेरि राजनीतिक द्घन्दतिर देश जान्छ कि भन्ने चिन्ता हो ।
सरकारमा भएका पहिलो र दोस्रो पार्टीहरु उहाँहरुलाई संयुक्त रुपमा बहुमत दिएको र एउटै घोषणा पत्रमा चुनाव लडेर बहुमत दिएको हैन । अलग अगल घोषाण पत्र बनाएर चुनाव लढेका हो । निर्वाचन पछि मोर्चाबन्दी बनाउनु भयो । सरकार बनाउनु भयो ठीक छ सरकार बनाउँदा हाम्रो आपत्ती छैन ।
एमालेले निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली, बहुपहिचान हुनेछ, सामानुपाति समावेशी अनुसार सबैको प्रतिनिधित्व गरिनेछ भनेर मत माग्ने अहिले आएर यो पहिचान झल्कने संघीयता सुन्नै चाहँदैनौं भन्न पाइन्छ कि पाइन्दैन । विषय बस्तुमा एउटा भनेर मत माग्ने अर्को भनेर संविधान बनाउने गर्न पाइन्छ ?
हामीले निर्वाचन भएको एक वर्षभित्र संविधान निर्माण गरिने छ भनेर प्रक्रियामा भनिएको हो मुद्दा छाडेर संविधान निर्माण गरिनेछ भनिएको हैन । हिजो राजनीतिक सम्झौताको बलमा संविधान सभा आउने अहिले सम्पूर्ण सम्झौताका सहयात्रीलाई माइनस् गर्न पाइन्छ र त्यसले समस्याको समाधान गर्छ ?
सविधानसभा ऐतिहासिक अवस्थामा आउने कुरा हो । जुन ऐतिहासिक आन्दोलनमा जनताका सबै तह र तप्का सामेल हुन्छन् । तिनीहरुको स्वामित्व दिने गरीभाव दिने चीजको नामहो संविधानसभा । नियमित संसद् होइन संविधानसभा । त्यसो गरियो भने त्यसले त्यसरी बनेको संविधानले समस्याको समाधान गर्दैन र त्यसरी गरियो भने विश्व इतिहासको घटनाको विपरित हुन जानेछ ।
देश निकै अप्ठ्यारोमा जान खोज्दैछ, आजै बेलुका वा भोली मुडभेडको सुरुवात हुन खोज्दैछ । देश फेरि एउटा अराजकताको भूमरी धेरै अन्धकारतिर जाने खतरा बढेको छ । हिजोका १२ बुँदे, विस्तृत शान्ति सम्झौता, लगायतका सम्झौताहरुमा भूमिका खेल्ने नेताहरु अब गइयो गइयो भनेर शान्ति सम्झौता र अरु सम्झौताहरु केही पनि हैन हामीस“ग बहुमत छ भनेर बोल्नु भएको छ त्यसले देशलाई मुठभेडतिर लाने सम्भावना छ ।
अन्तिम पर्दा जनताको अधिकार सुनिश्चित गर्नआन्दोलन भन्दा अरु उपाय केही नरहेपछि के गर्ने, आन्दोलनमा जानुको विकल्प रहँदैन । सबैको भावना लावारिस भएर फालिनु भएन, देश झन् ठूलो द्घन्दमा जानु भन्दा २ दिन बन्द गर्दा केही हुँदैन ।
कांग्रेस एमाले प्रक्रियामा पेलेर लान्छौं भनेर आएका छन् । त्यही ठाउँमा रहे भने त्यहीबाट मुठभेड सुरु हुनेवाला छ । हारे पनि जिते पनि, रहे पनि नरहे पनि । पहिला माओवादी र राज्यबीच लडाई भएको थियो, तर अब बहुआयामिक खालको द्घन्द हुने खतरा छ । त्यसकारण सबै नागरिक अगुवामित्रहरुले हिजो जनआन्दोलनमा कर्फ्युको घेरा तोडेर खेल्नु भएको भूमिका एउटा स्टेक होल्डरको रुपमा बसेको हो ।
हामीले बारम्बार नागरिक आन्दोलनका अगुवालाई पनि वार्तामा राखौं भनियो तर उनीहरु कहिल्यै मान्नु भएन । हिजो पद्मरत्नदाईको नेतृत्वको आन्दोलनमा दमन गर्यो । उहाँहरुमा दमन गरेर जान्छौं भन्ने छ । हिजो ज्ञानेन्द्रले सबैलाई दमन गरेर जान्छु भनेर गए, किन यसो गरेको होला, कसले दियो होला यिनलाई यस्तो सुझाव भनेर भन्थ्यौं । त्यो विनास काले विपरित बुद्धि भएको रहेछ । मैले वक्तव्यमा भनेको थिए कलाबिहिन नाटक त्यतिबेलै युद्धको बेलामा । त्यही अहिले कांग्रेस एमालेका नेताहरुलाई भएको छ । दम्भ र अहंकार चुलिएको छ सुन्ने स्थिति छैन । तपाई नगरिक अगुवा बाहिर बोल्दिनु पर्छ अगाडि बढ्न तपाईहरुको भूमिका महत्वपूर्ण छ । हामी सहमतिकै पक्षमा सहमति अझै सम्भव छ भन्ने पक्षमा छौं ।