बाढी पीडितका समस्या सम्बोधन गर्छाैं, ‘प्रचण्ड’

भदौ १५, गौर । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी पीडितका समस्या सम्बोधन गर्न नेपाल सरकार र माओवादी केन्द्रले विशेष पहल गर्ने बताउनु भएको छ ।
बिहीबार बाढी पीडित क्षेत्रको अवलोकन, बाढी पीडितलाई राहत बितरण र बाढी पीडितहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बाढी पीडितका समस्या सम्बोधन गर्न सरकार र पार्टी गम्भीरतापूर्वक लाग्ने बताउनु भएको हो ।
अध्यक्ष प्रचण्डले बिहान रौतहट गडर्वामा बाढीबाट भएको क्षतिको अवलोकन गर्नुभएको थियो । त्यसपछि उद्योग वाणिज्य संघ गौरले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले रौतहट लगायतका जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र क्षतिपूर्तिको व्यवस्था गर्न आफ्नो पार्टीले विशेष पहल गर्ने बताउनु भयो ।
बिहीबार अपरान्ह अध्यक्ष प्रचण्डले रौतहटकै गरुडामा १००० बाढी पीडित परिवारलाई ग्याँस सिलिण्डर, चुल्हो, खाद्यान्न लगायतका राहत सामग्री बितरण गर्नुभएको थियो । सहरी विकास मन्त्री प्रभू साहको उपस्थितिमा अध्यक्ष प्रचण्डले राहत सामग्री बितरण गर्नुभएको हो । राहत बितरण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले बाढी प्रभावित सबै जिल्लामा राहत र पूनस्र्थापनाको अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

By