संविधान संशोधन र निर्वाचनबारे तीन दलको बैठक

असार २३, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टीका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आब्हान गर्नुभएको बैठकमा संविधान संशोधन र असोज २ गते घोषणा गरिएको तेस्रो चरणको निर्वाचनका विषयमा कुराकानी भएको थियो । बैठकमा नेताहरु बीच संविधान संशोधनको प्रक्रिया अगाडि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपाका नेताहरुलाई सहभागी गराउन नेताहरु सकारात्मक देखिएका छन् ।
बैठकमा प्रमूख प्रतिपक्षी लगायतका दलहरुसँग पनि छलफल गरेर संविधान संशोधन प्रक्रिया अगाडि बढाउने र राजपा तेस्रो चरणको निर्वाचनमा जाने विषयमा निकै सकारात्मक कुराकानी भएको माओवादी केन्द्रका नेता मातृका यादवले जानकारी दिनुभयो । आजको बैठकमा राजपाका नेताहरु निकै सकारात्मक रुपमा प्रस्तुत भएको यादवले बताउनु भयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपाका संयोजक महन्त ठाकुर लगायत तीन पार्टीका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

By