सोह्रौं सशस्त्र प्रहरी दिवस २०७३ समारोह कायक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूको मन्तन्य

सोह्रौं सशस्त्र प्रहरी दिवस २०७३ को उपलक्ष्यमा आयोजित विशेष समारोहमा उपस्थित
सम्माननीय प्रधान न्यायाधीशज्यू,
सम्माननीय सभामूखज्यू,
माननीय उपप्रधानमन्त्री, मन्त्री तथा पूर्व प्रधानमन्त्रीज्यूहरु,
विभिन्न राजनीतिक दलका पदाधिकारीज्यूहरु,
निजामती एवं सुरक्षा अंगका प्रमूख तथा अन्य राष्ट्रसेवक कर्मचारीहरु,
महामहिम राजदूत एवं कुटनीतिक नियोगका प्रतिनिधिहरु,
सञ्चारकर्मी मित्रहरु,
भद्र महिला एवं सज्जनवृन्द ।

सशस्त्र प्रहरी बल स्थापनाको सोह्रौ वर्ष प्रवेश गरेको सुखद अवसरमा नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट सशस्त्र प्रहरी बलका सबै दर्जाका राष्ट्र«सेवकहरुलाई हार्दिक बधाइ एवं शुभकामना व्यक्त गर्दछु । यस अवसरमा शान्ति सुरक्षा, विपद व्यवस्थापन र सीमा सुरक्षा गर्ने कार्यमा सशस्त्र प्रहरी बलले पु¥याएको योगदानको सह्राना गर्दै प्रशंसा गर्न चाहन्छु । खासगरी गत वर्ष आएको विनासकारी भूकम्प पश्चात्को खोज, उद्धार र राहत वितरण कार्यमा अन्य सुरक्षा निकायहरुसंगको समन्वयमा सशस्त्र प्रहरी बलले देखाएको व्यावसायिक कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा अझ उच्चस्तरको कार्यसम्पादनको अपेक्षा गर्दछु । साथै सशस्त्र प्रहरी बलमा रही राष्ट्र र जनताको सेवामा कर्तव्यपालनको सिलसिलामा बिरगति प्राप्त गर्नुहुने राष्ट्रसेवकप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

जनताको जीउधनको सुरक्षा गरी सामाजिक स्थायित्व गर्ने कार्यमा अहोरात्र परिचालित संगठनका प्रत्येक सदस्यको व्यावसायिक जिम्मेवारी¸धैर्यता¸ क्षमता एवं उच्च कार्य कौशलताको प्रशंसा समेत गर्न चाहन्छु । मैले सशस्त्र प्रहरी बलले समाजमा देखा परेका सुरक्षा चुनौतीहरुको सामना गर्ने क्रममा गरिने कार्यसम्पादनको क्रममा प्रचलित मानव अधिकार एवं अन्तराष्ट्रिय मानवीय कानूनको परिधिभित्र रही निर्वाह गर्दै आईरहेको भूमिका विशेष रुपमा उल्लेख गर्दछु ।

म सशस्त्र प्रहरी बलका सबै दर्जालाई परिवर्तित समयका प्राथमिकता, माग र आवश्यकता अनुरुप राष्ट्र र जनताका हितमा केन्द्रित भइ कार्यसम्पादन गर्ने तर्फ अग्रसर हुन विशेष आग्रह गर्न चाहन्छु । यसका साथै राष्ट्रको प्रतिष्ठा र राष्ट्रिय स्वार्थलाई सर्वोपरी महत्व दिई राष्ट्रिय तथा अन्तर्रािष्ट्रय क्षेत्रमा शान्ति स्थापना गर्ने कार्यमा बलको संलग्नताले मुलुकको प्रतिष्ठालाई अझ उचाईमा पु¥याउने कार्यमा सफलता मिलोस् भनी हार्दिक शुभेच्छा प्रकट गर्दछु ।

संविधानको कार्यान्वयन, राज्यको पुनःसंरचना, संक्रमणकालको व्यवस्थापन वत्र्तमान सरकारका प्रमुख प्राथमिकता हुन् । यसका लागि वृहत्तर राजनीतिक सहमति र सहकार्यको आवश्यकता पर्ने हँुदा त्यसका लागि सरकार निरन्तर रुपमा लागि परेको कुरा यो अवसरमा जानकारी गराउछु । साथै, भूकम्पबाट प्रभावित सबै जिल्लाका पिडित परिवारलाई छिटो भन्दा छिटो राहत वितरण गर्ने र सार्वजनिक संरचनाहरुको पुनःनिर्माणलाई तीव्रता दिनेतर्फ पनि वर्तमान सरकार दत्तचित्त भएर लागेको छ । खासगरी संक्रमणकालिन सुरक्षात्मक चुनौतीहरुको सामना गर्दै प्रभावकारी शान्ति सुरक्षा कायम गर्ने विषय आधारभूत भएको सन्दर्भमा उपरोक्त कार्यहरुमा समेत यस बलको प्रत्यक्ष वा परोक्ष्य रुपमा भूमिका हुने कुरा समेत जानकारी गराउंछु ।

अन्त्यमा, पून सशस्त्र प्रहरी बलका सबै दर्जालाई हार्दिक बधाई एवं निरन्तर सफलताको शुभेच्छा प्रकट गर्दछु, धन्यवाद ।

By